RayNewsDaily
राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन        

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उहाँको शालिक अनावरणका गर्नुभएको छ । उहाँले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका-६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गर्नुभएको हो ।     
     
साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गर्नुभएको छ । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो ।     
     
Madhav-ghimireko-salik-lamjung-1746353291.jpg
राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी-६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उहाँको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update