RayNewsDaily
सर्वोच्चको पत्रले रेशम चौधरी रिहा

रे समाचार/काठमाडौं । सर्वोच्च अदालतका एकजना अधिकृतले पठाएको अनधिकृत पत्रका आधारमा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । 

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको 'नक्कली पत्र'का आधारमा चौधरी आज दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ पर्नुभएको थियो । 

सर्वोच्च अदालतले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उहाँ आज साँझ रिहा हुनुभएको हो । प्रहरीले उहाँलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उहाँलाई साँझ ५:३० बजे डिल्लीबजार कारागारबाट छाडिएको हो ।

अनधिकृत पत्र पठाउने सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुग्नुभएको थियो । चौधरी एकाएक पक्राउ परेसँगै आजका लागि निर्धारित एकता घोषणासभा नै भाँडिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update