झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते

काठमाण्डू । काठमाण्डूको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । घाइतेको काठमाण्डूका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।रासस
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय