RayNewsDaily
हनुमानढोका परिसरमा सवारीसाधन निषेध    

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।    
    
महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको सामाजिक सञ्जालमा एक वक्तव्य प्रकाशित गर्दै बताउनुभयो । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उहाँले लेख्नुभएको छ “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।”    
    
वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको बताउनुभयो ।  

Balenko1688456813.JPG  

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update