कीर्तिपुरका २० वटा स्थानमा उत्साहपूर्वक मतदान जारी
                        
                        
                                                
                                            
                                                                    कीर्तिपुर (काठमाण्डू) । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
राससका अनुसार मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं. १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं. १ मा नौ र वडा नं. ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नं. ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:२८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    