RayNewsDaily
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु  

नानिङ ।   दक्षिण चीनको क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्रको चिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।     

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै चिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।     

अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।     

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update