RayNewsDaily
हेटौँडामा वृद्ध दम्पती मृत फेला   

बागमती । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका-१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।    
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।    
    
 मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।    
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update