RayNewsDaily
पानी परेपछि मोरङका कृषकहरुमा राहत, जनजीवन सामान्य

रमेश हतुवाली/विराटनगर । महिनौसम्मको खरेडीले मकै, सूर्यमुखी लगायतका वालीहरु सुक्न थालेपछि चिन्तित भएका मोरङका कृषकहरुमा आशाको सञ्चार छ ।

Barsa Biratnagar-1715247203.jpeg

आज दिउसो १३० बजेदेखि एक घण्टासम्म परेको सामान्य असिनासहितको दर्के पानीले कृषकहरुमा आशाको सञ्चार गरेको हो । महिनौंको खडेरीले ४१ डिग्रीको हाराहारीमा पुगेको तापक्रमले यस क्षेत्रको जनजीवनसमेत प्रभावित भएको थियो । टमाटर, बन्दाकोबी जस्ता तरकारी वालीहरु वनि खडेरीले सुक्न थालेपछि कृषकहरुमाथि अझै ठूलो पीडा थपिएको थियो । तर आज भलनै बग्नेगरी पानी परेपछि कृषकहरुमा केही राहत भएको छ भने दैनिक जीवन पनि सहज भएको छ । 

Barsa Biratnagar__1715247220.jpeg

चर्को खडेरीका कारण मोरङ जिल्लाका विराटनगर, झोराहाट, रंगेली, रमाईलो, पथरी, उर्लावारी लगायतका क्षेत्रका बजारहरु पनि प्रचण्ड गर्मीले गर्दा प्रभावित भएका थिए । पानीको अत्यधिक खपत हुने भएकोले खानेपानी संस्थामाथि पनि आम नागरिकले सहज आपूर्तिका लागि आग्रह गरेका थिए । 

ग्रामथान २, झोराहाट, झंग्राहीका कृषक दीप नारायण उराव र नरनाथ भट्टराई वर्षा सुरु भएसँगै अब धानको विउ राख्ने तयार गर्ने बताउनु हुन्छ । प्रचण्ड गर्मीकै कारण आँप, लिची, कटहर, कागतीका दानाहरु मर्न थालेकोले यस वर्ष फलफूलको उत्पादन गत वर्षको भन्दा कम हुने सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update