RayNewsDaily
आजका मनै छुने तस्विरहरु
चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा आयोजित मेलामा बिक्रीका लागि राखिएका काठका ठेकाठेकी । तस्बिर : रामबहादुर थापा/रासस

KG-Galkot-baglung-IMG_42391713263819.jpg

चैते दशैको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो । तस्बिर : खेमराज गौतम/रासस

MD-Dumre-tanahun-IMG_20240414_1649371713263934.jpgपृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्बिर : मिला दरै/रासस

BR-Khalanga-Jumla-IMG_20240412_120802_1301713263994.jpg

जुम्लाको सिंजा गाउँपालिका-३ का स्थानीय महिला गिट्टी कुट्दै । गिट्टी कुटेर घरखर्च चलाउने गरेको उनहरुको भनाइ छ। तस्बिर : विजय रावत/रासस

SP-Taplejiung1713264050.jpgताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा सोमबार साँझ देखिएका तीर्थयात्री । तस्बिर : सन्तोष पुर्कुटी/रासस

राडी बुन्दै1713264088.JPGमुगुको छायाँनाथ रारा नगरपालिका-११ रोवाका पदम बुढा, भेडाको ऊनबाट राडी बुन्दै । प्रति राडी रु ४ हजार देखि ५ हजार सम्म बिक्री हुने गरेको छ । तस्बिरः हेमन्त केसी/रासस

रुख कटान गरिँदै1713264154.jpg

एसियन हाईवे निर्माणका लागि मोरङको बेलबारीस्थित सडक किनारका रुख कटान गरिँदै । तस्बिर : विवेक मिश्र/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update