RayNewsDaily
पाटनमा चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनी
उपसभामुख इन्दिरा राना मगर गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसीप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा आज पाटन दरबार सङ्ग्रहालयमा फोटो प्रदर्शनी कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः किर

रे समाचार/ललितपुर ।  चीनको कला, संस्कृति, सभ्यताका साथै प्राकृतिक सुन्दरता झल्किने फोटोहरूको प्रदर्शनी पाटन दरबार सङ्ग्रहालयमा शुरू गरिएको छ । सो प्रदर्शनीको उद्घाटन  उपसभामुख इन्दिरा राना मगरले आज गर्नुभएको हो । सो समारोहलाई संवोधन गर्दै उपसभामुख रानामगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरता उजागर भएको बताउनुभएको छ ।    
    
गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा  फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।     
    
MPG_Patan_0927191711353197.jpgगान्सु मोर्डन फोटोग्राफीका उपाध्यक्ष वाङ ज्यान सिन फोटो प्रदर्शनी कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर माधवप्रसाद घिमिरे/रासस

उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउनुहुँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गर्नुभयो ।    
    
“फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ”, उहाँले भन्नुभयो, “दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।”   

   KRB_KTM-image_1236502911711353360.jpgफोटो प्रदर्शनी कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त । तस्बिर: किरणराज विष्ट/रासस

गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताउनुभयो ।    
    
राष्ट्रिय फोटो पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवद्र्ध्न गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले फोटो प्रदर्शनीले दुई देशबीच सामिप्यता बढाउने बताउनुभयो ।    
    
नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले चीनको हरेक सहरको उत्तिकै विकास भएको बताउनुहुँदै त्यहाँको रहनसहन नेपालसँग मिल्दोजुल्दो भएको बताउनुभयो । उहाँले गान्सु प्रदेश जनजातिको बस्ती भएको बताउनुहुँदै त्यहाँको फोटो प्रदर्शनीले नेपालको विकासका लागि पनि सहयोगी हुनसक्छ भन्ने अपेक्षा रहेको बताउनुभयो ।    
    
नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा. हरिश्चन्द्र शाहले यस प्रदर्शनीले नेपाल र चीनबीचको प्राचीन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न सहयोग पुर्‍याएको र सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताउनुभयो ।    
    
तीन हजारभन्दा बढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति थियो ।  

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update