RayNewsDaily
अरनिकाे अभियानकाे तीन दिने विविध कार्यक्रम  सम्पन्न

रे समाचार/काठमाडौं । अरनिकाे अभियानले अरनिकाेकाे स्मृति दिवसकाे अवसर पारेर तीनदिने कार्यक्रम सम्पन्न गरेकाे छ । फागुन २७ गते पहिलाे दिनकाे कार्यक्रम ललितकला केन्द्रीय विभाग त्रिवि संगकाे संयुक्त आयाेजनामा ललितकला भवन त्रि.वि.मा सम्पन्न भयाे । 

Screenshot_20240313_054903_Messenger1710671491.jpg

त्रि.वि. काे अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका संस्थापक प्रमुख प्रा.डा. खड्ग के.सी. काे प्रमुख आतिथ्यता र ललितकला केन्द्रीय विभागका प्रमुख प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीकाे अध्यक्षतामा सम्पन्न 

"नेपाली कला, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धकाे आयाममा अरनिकाे-अन्तरसम्वाद" कार्यक्रम सम्पन्न भएकाे हाे ।

साथमा अरनिकाेका चित्र र मूर्ति बनाउने अग्रज देखि नयाँ पुस्ताका कलाकारहरू तथा अरनिकाे संग जाेडिनुभएका व्यक्तित्वहरूलाई अभिनन्दन तथा कदरपत्रले सम्मान गरिएकाे थियाे ।

Screenshot_20240313_054220_Messenger1710671531.jpg

 वयाेवृध्द अग्रज कलाकार वालकृष्ण तुलाधरलाई अरनिकाे अभिनन्दन गरियाे भने  अग्रज कलाकारहरू के.के. कर्माचार्य, आई.वी. मल्ल, विपिन घिमिरे तथा अरनिकाे बालमन्दिरका संरक्षक विद्या उपाध्याय न्याैपानेलाई अरनिकाे सम्मान प्रदान गरियाे ।

त्यसैगरी अरनिकाेका शालिक बनाएर कदरपत्रले सम्मानित हुने वरिष्ठ कलाकारहरूमा रामकृ्ष्ण भण्डारी, गंगाधर सारू, पूर्ण बनेम, ओम खत्री, यामबहादुर थापा, प्रकाशरत्न शाक्य तथा उदयमान कलाकारहरू दीपक लामा, चन्द्रमणि मगर र देवेन्द्र पाण्डे हुनुहुन्छ ।

कार्यक्रममा प्रा.डा. खड्ग के.सीले नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्धकाे आयाममा अरनिकाे, प्रा.डा.ध्रुव कार्कीले नेपाली सांस्कृतिक अध्येताहरूकाे आँखामा अरनिकाे, विद्या न्याैपानेले बालमन्दिर अरनिकाेका सृजनात्मक गतिविधी तथा प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीले नेपालीकला र अरनिकाे विषयमा  मन्तव्यका साथ अरनिकाेकाे स्मृतिमा  स्मरणीय कार्यक्रम भएकाे र  संयुक्त रूपमा आयाेजना गर्ने अवसरकालागि अरनिकाे अभियानलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।

बालमन्दिर अरनिकाे क्लवकी एलिसा सारू मगरले कलाकार आइवी मल्लकाे "अरनिकाे" कविता वाचन गरेर सुरू गरिएकाे उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टरका सदस्य जगन्नाथ पाैडेलले  सशक्त डायस्पाेरा-कविता "प्रिय अरनिकाे" वाचन  गर्नुभएकाे थियाे ।

साेही कार्यक्रममा त्रिवि ललितकलाका विद्यार्थीहरूकाे चित्रकला प्रदर्शनी, अरनिकाेका वास्तुकला, चित्रकला र मूर्तिकलाकाे फाेटाे प्रदर्शनी समेत गरिएकाे थियाे ।

उपप्राध्यापक पकबहादुर थापाकाे संचालनमा सम्पन्न उक्त कार्यक्रममा अरनिकाे अफिसर्स साेसाइटीका संयाेजक गाेपालप्रसाद दुलालकाे स्वागत मन्तव्य रहेकाे थियाे । अरनिकाे अभियानका संयाेजक गणेश जीसीले अरनिकाेका बहुआयामबारे प्रकाश पारेर सारगर्वित उपस्थितिकालागि  सबैलाई धन्यवाद र अभिन्दित-सम्मानित श्रष्टाहरूलाई बधाई र शुभकामना अर्पण गर्नुभएकाे थियाे ।

अरनिकाे अभियानकाे दाेस्राे दिनकाे कार्यक्रम  एञ्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमीकाे संयुक्त आयाेजनामा बसुन्धरामा सम्पन्न भएकाे छ ।

FB_IMG_17104307625481710671571.jpg

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका संस्थापक कूलपति किरण मानन्धरकाे प्रमुख आतिथ्यतामा  "हिमाली सभ्यता, नेपाली कला-संस्कृतिकाे अन्तर्राष्ट्रिय प्रसार र नेपाली डायस्पाेराकाे ऐतिहासिक आलाेकमा अरनिकाे- अन्तरसम्वाद" कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा नेपाली कला- संस्कृतिका क्षेत्रमा विशिष्ट याेगदान गर्ने व्यक्तित्वहरूलाई प्रमुख अतिथिले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएकाे थियाे । 

जसमा पुरातत्वविद प्रा.डा मदनकुमार रिमाललाई अरनिकाे सम्मान, राजनीति, साहित्य र सांस्कृतिक क्षेत्रमा याेगदान पुराए वापतरघुजी पन्तलाई अरनिकाे जनसांस्कृतिक सम्मानडा. नरेश शाक्यलाई अरनिकाे विद्वत् सम्मान प्रदान गरिएकाे छ भने जनही एघार हजार एकसय एघारका अरनिकाे ललितकला पुरस्कार कलाकार मुकेश श्रेष्ठलाई तथा अरनिकाे वाङ्मय पुरस्कार कवि माेहराज शर्मा र डायस्पाेराका कवि जगन्नाथ पाैडेललाई प्रदान गरिएकाे छ ।

FB_IMG_17104306326681710671641.jpg

कार्यक्रममा रघुजी पन्तले नेपाली सभ्यता र अरनिकाे विषयमाप्रा.डा. मदनकुमार रिमाल र डा. नरेश शाक्यले नेपाली इतिहास, संस्कृतिकाे आलाेकमा अरनिकाे विषयमा तथा जगन्नाथ पाैडेल र माेहराज शर्माले नेपाली डायस्पाेराकाे कला, साहित्य र संस्कृतिकाे सन्दर्भमा अरनिकाे  विषयमा आफ्ना विचार राख्नु भएकाे थियाे ।

उक्त अवसरमा एञ्जल्स् याेङ अरनिकाेले चित्रकला प्रदर्शनीकाे आयाेजना समेत गरेकाे थियाे।  कार्यक्रममा स्वागत एञ्जल्स एकेडमीका विशाल गिरीले, धन्यवाद ज्ञापन प्रिन्सिपल टिकाराम पाैडेलले र अरनिकाे अभियानका संयाेजक गणेश जि.सी.ले स्मृति दिवसका दुई दिनमा अरनिकाे, उनका कृतित्व र याेगदानलाई आजकाे कला, साहित्य, संस्कृति, अन्तरदेशीय सम्बन्ध, हिमाली सभ्यता, नेपालीकलाकाे प्रसार र डायस्पाेराकाे प्राचीन मध्यकालीन सन्दर्भकाे आलाेकमा विमर्श गरिएकाे र त्यस कार्यमा संलग्न विद्वान अग्रजहरू प्रति हार्दिक आभार र सहआयाेजक प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

अभियानकाे तेस्राे दिन वयाेवृध्द अग्रज कलाकार हरिप्रसाद शर्मालाई उहाँकै निवासमा पुगेर दीर्घ साधनाकाे सम्मान स्वरूप अरनिकाे अभिनन्दन गरियाे । नेपालकाे ऐतिहासिक तथ्यहरूकाे अध्ययनका आधारमा अग्रज कलाकार शर्माले लामाे समयदेखि ऐतिहासिक चित्रकलाकाे साधना गर्दै आउनुभएकाे छ । अरनिकाेले तिव्वत प्रस्थान गर्नुअघि विदाई हुँदै गर्दाकाे उहाँकाे चित्र विशेष उल्लेखनीय छ ।

Screenshot_20240313_054817_Messenger1710671694.jpg

साेही दिन अपरान्ह नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जाउलाखेलकाे कलाकक्षमा अरनिकाेका प्रतिनिधि कलाकृतिहरूका छविचित्रकाे प्रदर्शनी र प्रस्तुति गरियाे ।  

प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनालकाे विशेष उपस्थिति तथा वरिष्ठ अध्ययन निर्देशक लगायत प्रतिष्ठानका अधिकारीहरू र कलाप्रशिक्षार्थीहरूकाे उपस्थितिमा अरनिकाेका कलाकृतिहरूकाे नमुना प्रस्तुत गरिएकाे थियाे ।

 

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update