RayNewsDaily
प्रहरीसँगको झडपमा मेक्सिकोमा दश जना मारिए   

मेक्सिको सिटी । उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।    
    
 “सिभिल फोर्सका कर्मचारीलाई तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,”नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् । दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् ।    
    
 राजमार्ग भएको उक्त आक्रमण सङ्गठित अपराधमा संलग्न समूहले गरेको हो । आक्रमण हिंसा प्रभावित क्षेत्र न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेका छन् ।    
    
 सन् २००६ मा मेक्सिको सरकारले लागुऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा बढी हत्या, करिब एक लाख बेपत्ताका घटना भएका छन् । ती दुवै घटनामा सङ्गठित आपराधिक गिरोह जिम्मेवार रहेको सरकारले बताउँदै आएको छ ।    

 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update