
पैचिङ । मे २८ तारिख चीनको चाइना इस्टर्न एयरलाइन्सले विश्वको पहिलो सी ९१९ यात्रुवाहक विमानमार्फत् शाङहाईदेखि पैचिङसम्म पहिलो उडान भरेको छ । मे २९ देखि सी ९१९ विमानलाई शाङहाईदेखि छङतुसम्मको उडानमा प्रयोग गरिने भएको छ ।
चीनको राष्ट्रिय उत्पादन विमान परियोजना, चीनको महत्त्वपूर्ण वैज्ञानिक प्राविधिक परियोजना सूचीमा राखिएदेखि १६ वर्षसम्मको सफल अध्ययन र प्रयोगपछि पहिलो पटक वाणिज्य उडान सञ्चालनमा ल्याइएको हो ।
सन् २०२२ को डिसेम्बर २६ देखि सन् २०२३ को फेब्रअरीसम्म चाइना इस्टर्न एयरलाइन्सले विश्वको पहिलो सी ९१९ लाई १०० घण्टाको परीक्षण उडान गरेर सी ९१९ वाणिज्य उडान भर्न विभिन्न प्रणालीको क्षमताको निरीक्षण गरिसकेको छ ।
चीनको नागरिक वायु उड्ड्यन व्यूरोले हालै चाइना इस्टर्न एयरलाइन्सलाई अनुमति दिएको हो र उक्त एयरलाइन्सले सी ९१९ वाणिज्य सञ्चालनको क्षमता प्रमाणित गरेको छ ।