३ जना चिनियाँ अन्तरिक्षयात्री मङ्गलबार बिहान अन्तरिक्षमा जाने

पैचिङ । चीन मानवरहित अन्तरिक्ष परियोजना कार्यालयका अनुसार, पैचिङ समय अनुसार मे ३० तारिख बिहान ९ बजेर ३१ मिनेटमा शनचौ १६ नम्बर मानवरहित अन्तरिक्षयानको प्रक्षेपण गरिने छ। ३ जना अन्तरिक्षयात्री चिन हाइफङ, चु याङचु र क्वी हाइछाउ उक्त अन्तरिक्ष यात्रामा सहभागी हुने छन्।
चालू वर्षमा शनचौ १६ नम्बर मानवरहित अन्तरिक्षयानको यो दोस्रो मानवरहित अन्तरिक्ष उडान कार्य हो र चिनियाँ अन्तरिक्ष केन्द्रको प्रयोग र विकासको चरणको पहिलो मानवरहित कार्य पनि हो। हाल शनचौ १६ नम्बरको प्रक्षेपण मिसनमा प्रयोग गरिने लङ मार्च २ एफ याओ-१६ क्यारियर रकेटमा प्रोपेलेन्ट राख्ने कार्य सुरु भएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय