राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट, भारत भ्रमणबारे जानकारी
  • प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभयो ।
  • हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभयो ।
  • भेटमा मुलुकको समसामयिक विषयमा समेत छलफल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update