आठौँ चिनियाँ भाषा तालिम कार्यक्रमको दीक्षान्त समारोह सम्पन्न

रे समाचार/काठमाण्डू । नेपाली विद्यार्थीका लागि आयोजना गरिएका चिनियाँ भाषाका चारवटा प्रमुख प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण एवम् पर्यटन क्षेत्रका पेशाकर्मीका लागि सञ्चालन गरिएको आठौँ चिनियाँ भाषा तालिम कार्यक्रमको दीक्षान्त समारोह सम्पन्न भएको छ । 

नेपालस्थित चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषदको आयोजनामा काठमाण्डूमा आज सम्पन्न कार्यक्रममा सन् २०२६ मा नेपाली विद्यालयका विद्यार्थीहरूका लागि आयोजना गरिएका चिनियाँ भाषा र सांस्कृतिक प्रतियोगिताका चारवटा प्रमुख विधाका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो भने नेपालका पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका पेशाकर्मीका लागि सञ्चालन गरिएको आठौँ चिनियाँ भाषा तालिम पूरा गर्ने सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

चिनियाँ भाषको प्रबर्द्धन र प्रचारका लागि यी विशेष कार्यक्रमहरुको आयोजना नेपालस्थित चिनियाँ राजदुतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद गरेका थिए । हिजो आयोजित विशेष समापन समारोहमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सन् २०१९ मा भएको आफ्नो नेपाल भ्रमणलाई समेटेर चिनियाँ राष्ट्रपति सी चिनफिङले लेख्नुभएको लेखमा नेपाल र चीनका नागरिकहरुको भविष्य एकअर्कासँग जोडिएको छ भन्ने कुरा आजको कार्यक्रमले सावित गरेको बताउनुभयो ।

zhao-maoming-1795751193.jpg
 चाङ माओमिङ, नेपालका लागि चिनियाँ राजदूत

चिनियाँ भाषा प्रचारमा खटिएका चिनियाँ स्वयंसेवकहरु र नेपाली पक्षहरुको प्रशंसा गर्दै उहाँले यस्तो कार्यक्रमले भाषा, संस्कार र सहकार्यको प्रचारमा भुमिका खेलेको बताउनुभयो । नेपाल र चीनबीच सधै सद्भाव र सम्मान रहेको उल्लेख गर्दै राजदुत माओमिङले दुबै देशले एकअर्कालाई समान व्यवहार गर्नुका साथै सधैं दुखमा साथै उभिएको पनि बताउनुभयो । सन् २०१९ मा भएको राष्ट्रपति सीको भ्रमणले मित्रताको नयाँ अध्याय लेखेको र यसलाई अघि बढाउने र फरक रुपमा प्रस्तुत गर्ने जिम्मा अबको पुस्ताको भएको उहाँले बताउनुभयो । साथै उहाँले बेइजिङको मिओयिङ मन्दिरमा रहेको श्वेत स्तुपाको भ्रमण गरि नेपाल र चीनबीचको गहिरो मित्रतालाई नजिकबाट बुझ्न सकिने पनि बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिँह ऐरले चिनियाँ दूतावासको सहकार्य आयोजित यस्तो भाषा तालिम र प्रतियोगिताहरुले भाषाको दक्षता र योग्यता विस्तारमा मद्धत गर्नुका साथै संस्कृतिको सहकार्यमा भुमिका खेल्ने विश्वास व्यत्त गर्नुभयो । चिनियाँ भाषाको यो तालिमले नेपाली यात्रा, पर्यटन तथा व्यापारको क्षेत्रले निकै ठूलो सहयोग पाएको भन्दै उहाँले यसले संभावनाको नयाँ बाटो खुल्ने विश्वास पनि व्यत्त गर्नुभयो ।

hikmatsinghayer-1795751289.jpg
हिक्मत सिँह ऐर, निमित्त कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

भाषा, शिक्षा र संस्कृतिको आदानप्रदानमार्फत नेपाल-चीनबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल चीन सांंस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिश चन्द्र शाह बताउनुभयो । विशेषगरी पर्यटन क्षेत्रमा चिनियाँ भाषाको ज्ञानले चिनियाँ पर्यटकसँगको सञ्चार र सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको र यो कार्यमा चीन सरकार र चिनियाँ दूतावासले गरेको सहयोगको उच्च मुल्यांकन गरिएको उहाँले बताउनुभयो ।

harishchandrasah-1795751410.jpg
डा. हरिश चन्द्र शाह, अध्यक्ष, नेपाल-चीन सांंस्कृतिक तथा शैक्षिक परिषद्

कार्यक्रममा १९औँ “चाइनिज ब्रिज” विश्व माध्यमिक विद्यालयस्तरीय चिनियाँ भाषा प्रतियोगिताको नेपाल क्षेत्रीय फाइनल चरणका विजेताहरूलाई पुरस्कार वितरण, छैटौँ “चाइनिज ब्रिज” विश्व प्राथमिक विद्यालयस्तरीय चिनियाँ भाषा तथा प्रतिभा प्रदर्शन प्रतियोगिताको नेपाल क्षेत्रीय फाइनल चरणका विजेताहरूलाई पुरस्कार वितरण, प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि आयोजित १३औँ “राजदूत कप” चिनियाँ भाषा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण, नेपालका प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि आयोजित १२औँ चिनियाँ कला तथा प्रतिभा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण, चिनियाँ गायन तथा नृत्य बिधाका विजेताहरुलाई पुरस्कार वितरण र यस वर्ष आयोजित “चार प्रमुख प्रतियोगिता” अन्तर्गतको उत्कृष्ट आयोजक संस्थाहरु यिङ्ह्वा ईन्स्टिच्युट, एलआइआइ अन्तर्राष्ट्रिय स्कुलबाट सन्चालित कन्फ्युसियस कक्षा, नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् र नेपालस्थित स्वयंसेवक चिनियाँ भाषा शिक्षकहरूको गृहलाई पुरस्कार वितरण गरिएको थियो ।

covidaschool-1795751481.jpg
 

साथै नेपालका पर्यटन क्षेत्रका पेशाकर्मीहरूका लागि सञ्चालित आठौँ चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण पनि गरिएको थियो ।कार्यक्रम चिनियाँ भाषाका प्रशिक्षार्थीहरुले भाषासँग सम्बन्धित नृत्य, गायनलगायतका विभिन्न प्रस्तुतिहरु दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update