भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा युनिसेफको सहयोग प्रभावकारी बनाउने विषयमा छलफल
  • परराष्ट्रमन्त्री शिशिर खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट ।
  • नेपाल र युनिसेफबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल ।
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग बढाउने विषयमा कुराकानी ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update