नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ सुरु
  • संयुक्त सैनिक अभ्यासको २०औँ संस्करण सुरु ।
  • विपद् व्यवस्थापन र जङ्गल युद्धकलामा तालिम केन्द्रित ।
  • दुई देशका सैनिकबीच सीप र अनुभव आदानप्रदान हुने ।

रे समाचार/रुपन्देही । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण सुरु भएको छ ।

नेपाली सेनाले जनाएअनुसार रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मङ्सिर ९ गतेदेखि अभ्यास सुरु भएको हो ।

अभ्यासका क्रममा मुख्य रूपमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा तालिम सञ्चालन गरिनेछ ।

army2-1795591789.jpeg
तालिममा सहभागी दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र विशेष अनुभव आदानप्रदान गर्नेछन् । संयुक्त अभ्यासले सैनिक क्षमता अभिवृद्धि तथा दुई देशका सेनाबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update