प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’
कमलकुमार बस्नेत/नयाँ दिल्ली (भारत) । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुभएको थियो । समारोहमा भारतीय सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको हो ।
सो अवसरमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।
सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गर्नुभएको छ । रासस
प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३ ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
