पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

इस्लामाबाद  । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्।    
    
सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन्।    
    
कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ। साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ।    
    
पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका यी कारबाही मस्तुङ जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका थिए। यद्यपि, मारिएका लडाकुको पहिचान तथा उनीहरू कुन समूहसँग सम्बन्धित थिए भन्नेबारे स्रोतले थप विवरण सार्वजनिक गरेको छैन।    
    
बलुचिस्तान पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित प्रान्त हो। उक्त क्षेत्रमा लामो समयदेखि विद्रोही समूहका गतिविधि हुँदै आएका छन्।  सिन्ह्वा   
 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update