पैचिङ । नोभेम्बर १५ तारिख चाइना मिडिया ग्रूप वित्तीय कार्यक्रम केन्द्रको ‘एपेक राजदूत र सीईओ गोलमेच’ शन चनमा आयोजना भएको छ। ‘खुला मौका सेयर गरेर आपसी हित र संयुक्त विजयलाई साकार तुल्याउने’ शीर्षकमा आयोजित गोलमेचले एपेक सदस्य आर्थिक समूह र चिनियाँ व्यवसायलाई वार्ता र आदानप्रदान गर्ने चौतारो स्थापना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका प्रमुख शन हाईस्यौङ,चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका प्रमुख रन हौङपिन र चीनका लागि इन्डोनेसियाका राजदूत जौहारी ओरातमाङ्गुनले कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।

चाइना मिडिया ग्रुपका प्रमुख शन हाईस्यौङले चाइना मिडिया ग्रुपले विभिन्न क्षेत्रका साथीसँग ‘एशिया प्रशान्त भाग्य एकरुपताको निर्माण गरेर साझा समृद्धिलाई अघि बढाउन’ नयाँ र अझ बढी योगदान दिने इच्छा लिएको बताउनुभएको छ।

यस गोलमेच चाइना मिडिया ग्रुपले सन् २०२६ एपेक सम्मेलन अवधिमा आयोजित पहिलो महत्त्वपूर्ण सञ्चार कार्यक्रम हो। चाइना मिडिया ग्रुप,चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समिति,केही एपेक मुलुकका राजदूतहरु र देशीविदेशी व्यवसायका प्रतिनिधिहरु आदि गरी ८० भन्दा बढी व्यक्तिहरू उक्त गोलमेचमा सहभागि भएका छन्। सिजिटिएन
