सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घट्यो
 काठमाण्डू ।   स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ ।    
    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।    
    
 हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।    

 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update