RayNewsDaily
मैतीदेवी मन्दिरको झिलिमिलीमा रमाउँदै सर्वसाधारण, साँझपख बढ्यो चहलपहल
  • झिलिमिली बत्तीले सजियो मैतीदेवी मन्दिर र आसपासका क्षेत्र ।
  • पूजाआजा र सजावट अवलोकन गर्न सर्वसाधारणको भीड ।
  • ज्ञानेश्वर ओरालोदेखि पुरानो प्रहरी बिटसम्म बत्तीको सजावट ।

काठमाडौँ । बडादसैँको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।

दसैँको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकको माथिल्लो भाग र दायाँबायाँ बिजुलीका झिलिमिली बत्ती सजाइएको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ । भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update