दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित गर्न आग्रह
- दसैँ बिदामा स्वास्थ्य सेवा नरोक्न मन्त्रालयको आग्रह ।
- आकस्मिक उपचार र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन ।
- प्रसूति र सघन उपचार सेवा सञ्चालन गर्न अस्पताललाई अनुरोध ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित उपलब्ध गराउन सङ्घ तथा प्रदेशअन्तर्गतका सबै अस्पताललाई आग्रह गरेको छ ।
मन्त्रालयले पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउन अस्पतालहरूलाई अनुरोध गरेको हो । रासस
प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३ १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
