बूढीगण्डकी बाढीपछि त्रिशूली र नारायणी किनारमा सतर्कता
नारायणी नदीमा आएको बाढी ।
  • त्रिशूली र नारायणी किनारमा माइकिङ गरेर सतर्क रहन आग्रह ।
  • देवघाटमा शव दाह गर्ने र नारायणी किनारमा व्यापार गर्नेलाई सावधानी अपनाउन अनुरोध ।
  • मुग्लिनसम्म बाढीको उच्च जोखिम ।

चितवन । बूढीगण्डकी नदीमा बाढी आएपछि स्थानीय प्रशासनले त्रिशूली र नारायणी नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले माइकिङ गरेर तटीय क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार नदी किनारमा बसोबास गर्ने सर्वसाधारण, शव दाह गर्न जाने, व्यापार गर्ने, माछा मार्ने र पौडी खेल्ने व्यक्तिलाई सतर्क रहन आग्रह गरिएको छ ।

देवघाटमा शव दाह गर्न जानेहरूलाई सुरक्षित र अग्लो स्थानमा जान अनुरोध गरिएको छ । त्यस्तै, नारायणी नदी किनारमा ठेला तथा रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ ।

बाढीका कारण मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेको जनाइएको छ । नदी किनारका बासिन्दा तथा आवतजावत गर्ने व्यक्तिलाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट टाढा बस्न अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update