मनसुन सुदूरपश्चिमबाट बाहिरिन सुरु, केही दिनमै देशभरबाट हट्ने सम्भावना
- सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरिन सुरु ।
- लुम्बिनी र गण्डकीका पश्चिमी भूभागमा पनि बहिर्गमन ।
- केही दिनमै देशभरबाट मनसुन बाहिरिने सम्भावना ।
काठमाडौँ । यस वर्षको मनसुन आज बिहानदेखि नेपालको सुदूरपश्चिमसहित विभिन्न भूभागबाट बाहिरिन सुरु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गएकाले आगामी केही दिनमा नेपालको बाँकी भूभागबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको छ ।
महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असोज १७, २०८३ १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
