RayNewsDaily
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

रे समाचार/काठमाडौँ । नेपाली सेनाको जङ्गी अड्डामा दुई दिनदेखि सञ्चालन भइरहेको ‘पृतनापति समन्वयात्मक बैठक २०८३’ आज सम्पन्न भएको छ ।

अश्विन १५ गतेदेखि सुरु भएको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता र उदाहरणीय कार्यका लागि सकलदर्जालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै, उहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।

CNC-pretanapati-1790933630.jpg
बैठकमा नेपाली सेनाले सम्पादन गरेका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक विषयहरूमा गहन छलफल भएको जनाइएको छ ।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत सेनाका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update