दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली
रे समाचार/काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडान (UNMISS) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दक्षिण सुडानमा रहेको ‘श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फा’लाई बदली गर्नका लागि ‘श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फा’का २०३ जना शान्ति सैनिकहरूको पहिलो टोली बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
सोही क्रममा, दक्षिण सुडानमा आफ्नो सफल कार्यकाल सम्पन्न गरेका २०३ जना नेपाली शान्ति सैनिकहरूको टोली बिहीबार नै स्वदेश फिर्ता भएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार हाल दक्षिण सुडानको सो मिसनमा नेपाली सेनाका कूल १,०६९ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
