चार दिनमा विपदबाट १५ जनाको मृत्यु, एक हजार २८४ जनाको उद्धार
- बाढी, पहिरोलगायत विपद्मा १५ जनाको मृत्यु ।
- चार जना घाइते, स्थानीय अस्पतालमा उपचार हुँदै ।
- बाढी, पहिरो र डुबानबाट एक हजार २८४ जनाको उद्धार ।
काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो चार दिनमा बाढी, पहिरोलगायत विपद्का घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको हो ।
विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको समन्वयमा बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । रासस
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
