RayNewsDaily
पहलमान सिंह स्वाँर मार्ग भासिँदा यातायात प्रभावित
  • पहलमान सिंह स्वाँर मार्ग भासिँदा यातायात प्रभावित ।
  • चौरपाटी-६ दुनीमा सडक भासिएको हो ।
  • मर्मत गरी यातायात सञ्चालनको तयारी ।

अछाम । अविरल वर्षाका कारण पहलमान सिंह स्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।

आज बिहान चौरपाटी गाउँपालिका-६, दुनीमा सडक भासिएपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिनुभयो ।

भासिएको सडक मर्मतसम्भार गरी यथाशीघ्र यातायात सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update