-
तीन वडा र मुस्ताङसँग यातायात सम्पर्क विच्छेद ।
-
दुई घर पहिरोमा पुरिए, दुई जनाको खोजी जारी ।
-
खामभित्तामा सडक कटान, विद्यालयमा पनि क्षति ।
म्याग्दी । कालीगण्डकी नदीले बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि वडा नम्बर २, ३ र ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एक र वडा नम्बर ३ को फगाममा एक घर पहिरोमा पुरिएका छन् । पुरिएका घरमा रहेका दुई जनाको खोजी जारी रहेको छ ।
बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका-४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । रासस
