पहिरोले पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध
-
पहिरोले पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध ।
-
नाम्सी खोलामा पहिरो खस्यो, दुई राजमार्गमा यातायात प्रभावित ।
-
पहिरो पन्छाएर सडक सञ्चालनको प्रयास जारी ।
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ-मुग्लिन सडकअन्तर्गत नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा समेत पहिरो खसेपछि यातायात प्रभावित भएको छ ।
पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।रासस
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
