बाढीपहिरोलगायत विपद्मा छ जनाको मृत्यु, ४०७ जनाको उद्धार
- असोज ८ गतेदेखि बाढीपहिरोलगायत विपद्मा छ जनाको मृत्यु ।
- बागमती र लुम्बिनीमा दुई-दुई, गण्डकी र कर्णालीमा एक-एक जनाको मृत्यु ।
- बाढीपहिरोमा दुई जना घाइते, ४०७ जनाको उद्धार ।
रे समाचार/काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बागमती र लुम्बिनी प्रदेशमा दुई-दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक-एक जनाको मृत्यु भएको हो ।बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपद्बाट प्रभावित ४०७ जनाको उद्धार गरिएको छ ।
नवलपरासीको सुस्तामा डुबान : नेपाली सेनाद्वारा स्थानीयको उद्धार
यसैबिच, निरन्तरको वर्षाले नारायणी नदीमा पानीको सतह बढेको छ। यसबाट नवलपरासीको सुस्ता-५, थारूटोल डुबानमा परेको छ। जोखिममा परेका स्थानीयलाई नेपाली सेनाको गोरखदल गण र अन्य सुरक्षा निकायले सुरक्षित स्थानमा सारेका छन्।
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
