RayNewsDaily
बढ्दो जलसतहपछि गृहमन्त्री गुरुङद्वारा खोला क्षेत्रको निरीक्षण
अविरल वर्षाका कारण काठमाडौँको कालीमाटी र टेकुको बीचमा रहेको विष्णुमती खोलामा आएको बाढी । तस्बिर: किरणराज विष्ट/रासस
  • लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्यो ।
  • सुरक्षाकर्मी नदी करिडोरमा निरन्तर निगरानीमा ।
  • सम्भावित जोखिम पहिचान र प्रतिकार्यमा सरकार सक्रिय ।

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसतह बढेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेका छन् ।

यसैबीच गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगेर खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको छ ।

सो क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको बताउनुभयो । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम पहिचान तथा प्रतिकार्यमा सरकार गम्भीरताका साथ लागिरहेको उहाँले बताउनुभयो ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update