RayNewsDaily
भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार   

राँझा (बाँके भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन्     
    
 बाढीमा एकै परिवारका तीन आफन्त गुमाउनुभएका नेपालगन्ज उपमहानगरपालिका२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरुले सामाजिक संस्कार गर्न नपाएको बताउनुभयो     
    
 रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय उहाँहरूलाई भेट्न गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक बाढीसँगै हराए बेपत्ता भएको एक महिना पुग्न लाग्दासम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन दुःखमाथि दुःख थपिएको अनलालले गुनासो गर्नुभयो     
    
 “हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको , सास पाइयो, लासः दोधारमै समय बित्यो”, अनलालले भन्नुभयो, “डिएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा थियो त्यो पनि प्राप्त भएको छैन अब कसरी मृत्यु संस्कार गर्ने होला भनेर दोधारमा छौँ ”    
    
 शव पहिचानका लागिडिएनएपरीक्षणको नमूना पठाएपछि दाजुभाउजू छोराको शव पहिचान हुने आशा जागे पनि हालसम्मरिपोर्टनआएको उहाँको भनाइ     
    
 अनलालले नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमूना दिनुभएको थियो डीएनए रिपोर्ट बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक जानकारी दिए आफूहरुलाई मृत्यु संस्कार गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयोे     
    
 “सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छाँै”, अनलालले भन्नुभयो, “हामी डिएनए रिपोर्टको प्रतीक्षामा छाँै, अब सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ”    
    
 बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकाय श्रीमती कर्णसरी रोकायको गला अझै अवरुद्ध घरमा सन्नाटा आँसु मात्रै बाँकी सासको आश मारिसके पनि लास समेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताउनुभयो     
    
 नेपालगन्ज उपमहानगरपालिका२० थपुवागाउँबाट रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाई उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता हुनुभयो सोह्र वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुबा फर्किने बाटो हेरिरहेका छन्     
    
 कमाइ गरेर खर्च पठाइदिने आमा बाबु नै गुमाएको पीडा छँदैछ त्यसमाथि शव समेत फेला पार्न नसक्दा अहिलेसम्म मृत्यु संस्कारको काम हुन नसकेको सुभाषको भनाइ     
     
 नेपालगन्ज२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता भएका आफन्तको सास वा लास फेला नपर्दा आफन्तलाई मृत्यु संस्कार गर्न द्विविधा भएको बताउनुभयो उहाँले बेपत्ताको खोजी जारी राख्न पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय सहयोग गर्ने बताउनुभयो     
    
 भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन काठमाडौँस्थित अस्पतालमा बाँकेमा रहेका १६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जानकारी दिनुभयो     
    
 बाढीमा परेर बाँकेका २३ जना हालसम्म बेपत्ता छन् हालसम्म तीनजनाको शव सनाखत भएको यस्तै, ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो  रासस   

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update