बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीबारे मन्त्रीलाई जानकारी
- बुधबारदेखि नेपालमा वर्षाको गतिविधि बढ्ने ।
- मन्त्रीद्वय श्रेष्ठ र गुरुङद्वारा मौसम विभागमा ब्रिफिङ ।
- प्रणालीको प्रभावबारे नियमित जानकारी गराउने विभागको भनाइ ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे जानकारी लिनुभएको छ ।
मन्त्रीद्वय आज मौसम विज्ञान विभाग पुगेर बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने पूर्वानुमान र त्यसबाट पर्न सक्ने प्रभावबारे विभागका अधिकारीसँग ब्रिफिङ लिनुभएको हो ।
मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको थियो ।
विभागका अनुसार उक्त प्रणालीको प्रभावले बुधबारदेखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
