RayNewsDaily
नवनियुक्त उपरथी र सहायक रथीहरूलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

रे समाचार/काठमाडौँ । नेपाली सेनाका नवनियुक्त उपरथी तथा सहायक रथीहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

जङ्गी अड्‍डामा आयोजित एक विशेष समारोहका बिच असोज ६ गते प्रधान सेनापति सिग्देलले पदोन्नति हुनुभएका उच्च सैन्य अधिकारीहरूलाई दर्ज्यानी चिन्ह पहिराइदिनुभएको हो ।

darjyani3-1790071177.jpg
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ ३१ गतेको निर्णयबाट सहायक रथी दर्जाबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

यसै गरी सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि प्रधान सेनापतिले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

darjyani2-1790071337.jpg
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update