RayNewsDaily
सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा   

खोटाङ    भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका- सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाइ केन्द्र स्थापना गरिएको     
    
 गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाइ साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो     
    
 गाउँपालिकाको लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्वास्थ्य सेवा इकाइबाट सेवा प्रवाहको शुभारम्भ गर्नुभयो भौगोलिक रुपमा ठूलो वडाका रुपमा रहेको सेखुवाका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा इकाइ स्थापना गरिएको हो     
    
 गाउँपालिका अध्यक्ष राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताउनुभयो भौगोलिक अवस्था कठिन भन्दैमा नागरिकले स्वास्थ्य सेवा पाउन कठिन हुनुहुँदैन राज्यले सेवा त्यहाँ पु¥याउनुपर्छ, जहाँ नागरिकलाई सेवाको सबैभन्दा बढी आवश्यकता ”, उहाँले भन्नुभयो, “सेखुवामा स्वास्थ्य इकाइ स्थापना हुनु एउटा भवन थपिनु मात्र होइन यहाँका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो ”    
    
 गाउँको विकासका लागि स्थानीय सरकार जनप्रतिनिधिले मात्र प्रयास गरेर नपुग्ने उल्लेख गर्दै अध्यक्ष राईले नागरिकको सामूहिक सहभागिता योगदान अपरिहार्य रहेको बताउनुभयो     
    
 “देश बनाउन भाषणले मात्र पुग्दैन, सबै नागरिक मिलेर काम गर्नुपर्छ विकासको जिम्मेवारी सरकारको मात्र होइन, समाजका हरेक नागरिकको हो”, उहाँले भन्नुभयो, “हामीले जहाँबाट जे योगदान गर्न सक्छौँ, त्यहीँबाट सुरु गर्ने हो कसैले श्रम दिन सक्छ, कसैले जग्गा दिन सक्छ, कसैले ज्ञान सीप दिन सक्छ यिनै सानासाना योगदान जोडिँदा गाउँको ठूलो विकास सम्भव हुन्छ ”    
    
 विशेषगरी साविक वडा नं लगायत आसपासका नागरिकलाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाइबाट स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि अब स्थानीय नागरिकले टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष हेमन राईले बताउनुभयो     
    
 स्वास्थ्य सेवा इकाइ स्थापनाका लागि जग्गा उपलब्ध गराउने अदमबहादुर राईको योगदानको गाउँपालिकाले उच्च सम्मान गरेको कार्यक्रममा जग्गादाता राईका छोरा दिलकुमार राईलाई दोसल्ला ओढाएर सम्मान गरियो सेखुवामा स्वास्थ्य इकाइ स्थापना भएसँगै विकट भूगोलमा पनिनागरिक भएको ठाउँमै सेवापु¥याउने स्थानीय सरकारको प्रयासले थप गति पाएको  रासस   

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update