RayNewsDaily
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा   

सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको  पानीको मुहान जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा चुनौती थपिएको पानीको स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखापर्न थालेको     
    
 सर्लाहीको बागमती नगरपालिका, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको उहाँको घरबाट सय मिटरको दूरीमा एकदशक पहिलेसम्म फराकिलो सिमसार क्षेत्र थियो झण्डै १६ बिघामा फैलिएको सिमसार अर्थात् सोतीको मुहान आज अतिक्रमणले हराइसकेको      
    
 “यहाँ ठूलो सिमसार क्षेत्र थियो”, उहाँले स्मरण गर्दै भन्नुभयो, “वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो हिउँदभरि भूमिगत (जरुवा) पानी निस्किएर सोती बग्थ्यो अहिले त्यो सिमसार छैन पानी कहाँबाट आउनु अहिले खोला सुकिसकेको ”, उहाँले भन्नुभयो     
    
 अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ विगतमा फराकिलो हिसाबले बगेको सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा ग्राभेल हालेर पुर्नेक्रम तीव्र बनेको जसले नदीको मौलिकस्वरुप मात्र बदलिएको छैन जैविक विविधता हराउँदै गएको     
    
 आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउन प्रयोग गर्ने गरेको बरहथवा नगरपालिक, मूर्तिया निवासी विश्वनाथ महतोले बताउनुभयो     
    
 “यो सोती देख्दा आज रोइरहेको भान हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो धार्मिक आस्था खोलाको जैविक विविधता माथि निरन्तर आक्रमण भइरहेको हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भात भान्सासम्म यसैको भर थियो अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको आकार खुम्चँदै गएको ”    
    
 सोती खोलालाई स्थानीयले माईका रुपमा पुज्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो वर्षमा दुई पटक यसै नदीमा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ विगत केही वर्षयता सोतीको मुहानदेखि झण्डै चार किलोमिटरका क्षेत्रमा पानी पलाउनेक्रम क्रमशः बन्द हुँदै गएको स्थानीयको अनुभव जरुवा पानीको मुहान भएकाले गर्मीमा चिसो जाडोको समयमा तातो हुनु सोतीको विशेषता थियो     
    
 अतिक्रमणका कारण पानीको स्रोत कम हुँदै गएको सोती खोलाले आफ्नो जैविक स्वभाव परिवर्तन गर्दै गएको स्थानीयको अनुभव खोलाको प्राकृतिक स्वरुपमा बाधा पु¥याइएकामा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् तैपनि, अनेक बहानामा खोला माथिको थिचोमिचो नरोकिएको स्थानीय युवा सोनुकुमार यादवको गुनासो झिँगे, बामलगायतका माछा पौष्टिक आहारका रुपमा प्रयोग हुने घुँगीलगायत जलचर सोतीसँगै चपेटामा छन्     
    
 सिमसार पानीको मुहान रहेको खोला बागमती नगरपालिका, बाट सुरु भएर बरहथवा नगरपालिका, बसवरिया गाउपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर वाग्मती नदीमा मिसिन्छ खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पु¥याएको अतिक्रमण पछि सङ्कटमा परेको सोतीसँगै भोलिका दिनमा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावले बन्जर बन्ने जोखिम बढेको     
    
 खोलामा एक दर्जन बाँध बाँधिएको जसबाट नहर निर्माण गरी खेतका बाह्रै महिना सिँचाइको व्यवस्था गरिएको खोलामा पानीको सतह कम हुँदा सिँचाइका लागि पानीको अभाव हुन थालेको     
    
 पानीको अभावका कारण स्थानीय किसानका बीचमा विवाद हुने गरेको बरहथवा नगरपालिका, टाडीका विक्रम यादवले सुनाउनुभयो वर्षात सुरु भएपछि मात्रै नदीमा केही समय पानी बग्ने गरेको उहाँले उल्लेख गर्नुभयो     
सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हिरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध सुदामा ब्यारेजमा थुनेर नहरमा कुलोमा हाल्ने गरिएको अन्य स्थानमा ससाना बाँध बाँधेर सिँचाइको व्यवस्था गरिएको केही बाँधमा बाह्रै महिना पानी रहने गरेको भए पनि केही बाँध हिउँद सुरु भएपछि खण्डहर बन्ने गरेको स्थानीयको भनाइ     
    
 खोलामा पानी कम हुँदै गएपछि पछिल्लो तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर पानी पटाउने गरेको यादवले सुनाउनु भयो नजिकै खोला भएपनि रातभरि जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने अवस्थामा किसान पुगेका छन्     
    
 जलचर प्राणीको बासस्थान, वनस्पति, जीव, जनावरसँगै मानिसको प्राण पानी बग्ने खोला बचाउनेतर्फ कसैको ध्यान नगएकामा उहाँ चिन्तित हुनुहुन्छ सोती खोला बरहथवा नगरपालिकाको बीच भागबाट बगेको निकास (ड्रेन)समेत हो वर्षातमा बरहथवा नगर क्षेत्रमा परेको पानीलाई खोलाले निकास दिन्छ     
    
 जैविक, वातावरणीय, धार्मिकलगायतको अस्तित्व नै सङ्कटमा पर्नेगरी खोला किनारमा विभिन्न गतिविधि भइरहेको जरुवा पानी निस्कने ठाउँमा पार्क, धर्मशाला, विभिन्न जात समुदाय विशेषका सार्वजनिक भवन निर्माण भएका छन् खोला अतिक्रमण रोक्न पालिकाले करिडोर निर्माण गरेको बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिनुभयो     
 यसरी निर्माण गरिएको करिडोरका कारण खोला अतिक्रमण रोकिने संरक्षण हुने उहाँको भनाइ खोला किनारमा पालिकासँग समन्वय नै नगरी प्रदेश सङ्घीय सरकारले योजना पठाएर समस्यामा पारेको उहाँको कथन     
    
 “खोला किनारमा तारजाली गर्नुपर्यो, बाटो बनाउनुपर्यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुप¥यो भन्दै आउनुहुन्छ”, प्रमुख कटुवालले भन्नुभयो, “रोकौँ गर्न दिएन भन्नुहुन्छ विरोध हुन्छ हामीसँग प्रदेश सङ्घीय सरकारले समन्वय नै गर्नुहुन्न संरचना निर्माण भइसकेपछि मात्र थाहा हुन्छ हामीले के गर्नु ?”    
    
 बरहथवा नगरपालिकाको नदी किनारमा फनपार्क, सार्वजनिक भवन खुला व्यायामशाला निर्माण भएको खोला संरक्षण, छठ घाटलगायतका शीर्षकमा सोतीको मौलिकता विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी कङ्क्रिट ढलान गरिएको     
    
 स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा, जैविक विविधताको संरक्षण सम्वर्द्धनको जिम्मा स्थानीय सरकारलाई दिएको सोअनुरुप काम हुन नसक्दा वातावरण, जैविक विविधता वनस्पति सङ्कटमा पर्दै गएको  रासस   

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update