भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
- बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा रु एक करोड १० लाख प्रदान ।
- चिनियाँ राजदूत चाङद्वारा मन्त्री पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण ।
- सहयोगका लागि चीनलाई धन्यवाद दिँदै मन्त्री पोखरेलद्वारा सहकार्य निरन्तर रहने विश्वास ।
काठमाडौँ । चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३ १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
