- रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राहत सामग्री वितरण ।
- स्वास्थ्य तथा पोषण सामग्रीलाई प्राथमिकता ।
- ४४९ थान सौर्यबत्ती पनि प्रदान ।
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका समुदायलाई चीनको ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्री वितरण थालेको छ ।
फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य र पोषणसम्बन्धी आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएका छन् ।
बाढी प्रभावित समुदायलाई पुनःस्थापना गरी सामान्य अवस्थामा फर्काउन समय लाग्ने भएकाले तत्काल स्वास्थ्य तथा पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाएको छ । बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा राहत सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ ।
फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्तीसमेत प्रदान गरेको छ ।
यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ । रासस
