RayNewsDaily
भोटेकोसी बाढीमा सम्पर्कविहीन ११ जनाको शव फेला
  • अडिट-३ टनेलको जालीमा अल्झिएका ११ शव फेला 
  • हिलोमा दबिएको अवस्थामा शव उद्धार 
  • सम्पर्कविहीनको खोजी कार्य अझै जारी 

रे समाचार/काठमाडौँ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा ११ वटा शव फेला परेका छन् ।

नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला पारेको हो ।

फेला परेका सबै ११ शव आज उद्धार गरी टनेलबाट बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।

भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि संयुक्त टोली परिचालन गरिएको थियो ।

सम्पर्कविहीन अन्य व्यक्तिको अवस्थाबारे जानकारी लिन थप खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update