RayNewsDaily
भोटेकोशी बाढी : माथिल्लो त्रिशूली-१ को अडिट-३ टनेलबाट ६ वटा शव निकालिए
टनेलभित्र उद्धार कार्यमा संलग्न नेपाली सेना । तस्वीर सौजन्य : नेपाली सेना ।
  • अडिट-३ टनेलभित्र डन्डीको जालीमा अल्झिएका ६ वटा शव फेला ।
  • ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु प्रयोग गरी शव बाहिर निकालियो ।
  • टनेलभित्र हिलोमा छोपिएको शवजस्तो आकृति देखिएपछि खोजी जारी ।

रे समाचार/काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव वटा फेला परेका छन् ।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला पारेका हुन् ।

टनेलभित्र अल्झिएका शवलाई ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।

votekoshi-1789722699.jpg
खोजीका क्रममा टनेलभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति समेत देखिएको सेनाको विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा थप खोजी कार्य भइरहेको छ ।

भाद्र १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीका लागि आयोजनाका प्रतिनिधिसहित संयुक्त उद्धार टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update