RayNewsDaily
प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता
  • चीन भ्रमणमा रहनुभएका प्रधान सेनापति सिग्देलद्वारा चिनियाँ रक्षामन्त्रीसँग भेटवार्ता ।
  • भेटमा आपसी हित र सैनिक सम्बन्धबारे छलफल ।
  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण तथा सियाङसान फोरमको उद्घाटनमा सहभागिता ।

रे समाचार/बेइजिङ । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधान सेनापति सिग्देलले बुधबार अर्थात् १६ सेप्टेम्बर २०२६ मा चिनियाँ रक्षामन्त्री डोङसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

त्यसैगरी, प्रधान सेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमण गर्नुभएको थियो ।

उहाँले बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागिता जनाउनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update