RayNewsDaily
सुनचाँदीको मूल्य घट्यो    

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ ।     
 सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो । रासस 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update