RayNewsDaily
तीजको दिन पनि श्रममै साकेला   

खोटाङ  हिन्दू महिलाको चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भनेसाकेला श्रम अभियानमार्फत सार्वजनिक पूर्वाधार संरक्षण सरसफाइको कामलाई निरन्तरता दिइएको     
    
अभियानअन्तर्गत वडा नं मात्तिमस्थित साप्सुखोलागाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो     
    
प्रवेशद्वार क्षेत्रको सौन्दर्य कायम राख्ने, निर्माण भएका संरचनाको संरक्षण गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले श्रम परिचालन गरिएको गाउँपालिकाले जनाएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका कर्मचारीको सहभागिता थियो     
    
सार्वजनिक बिदाको दिनलाई समेत श्रम सेवासँग जोड्दै गाउँपालिकालेचाडपर्वसँगै आफ्नो ठाउँका लागि श्रमगर्ने अभ्यासलाई निरन्तरता दिएको अध्यक्ष राईले जानकारी दिनुभयो अध्यक्ष राईले कामलाई नै विकासको आधार बनाउनुपर्नेमा जोड दिनुभयो     
    
गफ गरेर, भाषण गरेर गालीगलौज गरेर देश बन्दैन देश बनाउने हो भने हातमा काम, मनमा जिम्मेवारी व्यवहारमा इमानदारी चाहिन्छ विकास भाषणले होइन, श्रम परिणामले देखिनुपर्छ हामीले अरूलाई उपदेश दिनेभन्दा पहिले आफैँ श्रममा उत्रिएर उदाहरण प्रस्तुत गर्नुपर्छ”, उहाँले भन्नुभयो     
    
गाउँपालिकाका कर्मचारी केवल कार्यालयमा बसेर सेवा दिनेमात्र होइन, आवश्यक पर्दा मैदानमा उत्रिएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आजको हाम्रो श्रम सानो काम हुनसक्छ, तर यही संस्कारले भोलिको समृद्ध साकेला समृद्ध नेपाल निर्माण गर्ने आधार तयार गर्छ ”    
    
गाउँपालिका प्रवेशद्वारमा निर्माण गरिएका संरचनाको नियमित सरसफाइ संरक्षणसँगै सडकको मर्मतले गाउँपालिकाको पहिचान, सौन्दर्य तथा आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास साकेला गाउँपालिकाले पछिल्लो समय श्रमलाई विकास संस्कृतिको आधार बनाउँदै सार्वजनिकस्थल सरसफाइ, सडक मर्मत, वृक्षरोपण तथा सौन्दर्यीकरणका अभियानलाई निरन्तर अघि बढाउँदै आएको     
    
तीजको दिन गरिएको श्रमले केवल उत्सव मनाउने अवसरमात्र नभई आफ्नो गाउँ, सार्वजनिक सम्पदा भविष्यका लागि योगदान गर्ने अवसर पनि हो भन्ने सन्देश दिएको जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडा रहेको) यो गाउँपालिकाले हरेक हप्ताको शनिबार श्रमदान अभियान सञ्चालन गर्दै आएको     
---  

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update