RayNewsDaily
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै   

काठमाण्डू । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ     
    
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमामहाकवि देवकोटा मिथ यथार्थविषयक गोष्ठी गर्न लागिएको उहाँले बताउनुभयो कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृतिपत्र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको     
    
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाण्डूको डिल्लीबजारमा भएको थियो उहाँको निधन भने २०१६ साल भदौ २९ गते भएको हो     
    
दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना फुटकर कविता प्रकाशित छन् उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनुभयो     
    
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाकोमुनामदनखण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो     
    
नेपाली साहित्यमा स्वच्छन्दतावादीप्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम क्रान्तिकारिता झल्कन्छ उहाँका सृजनामा पूर्वीय पाश्चात्य दर्शनको संयोजन पाइन्छ     
    
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता नाट्यसम्राट बालकृष्ण समले देवकोटामुनामदन’, ‘शाकुन्तलमहाकाव्य पागलकवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो     
    
विदेशी भाषामा नेपाली कृतिको अनुवाद विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको थियो महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी वि.सं. १९९७ माप्रसिद्ध प्रबन्ध सङ्ग्रहप्रकाशित गर्नुभयो     
    
वि.सं. २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नुगराउनुभएको थियो वर्तमान नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो     
    
तीन महिनामाशाकुन्तलमहाकाव्य, १० दिनमैसुलोचनामहाकाव्य एकैदिनमाकुञ्जिनीखण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय     
    
चरम आर्थिक अभाव पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो     
    
महाकवि देवकोटालेपागलकवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको वि.सं. २०२४ मा प्रकाशित भएकोमायावीनी’, ‘सुन्दरी प्रोजर्पिनाजस्ता खण्डकाव्य प्रमिथसमहाकाव्य यसका उदाहरण हुन्  रासस   

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update