RayNewsDaily
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण   

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको     
    
सेटोप अष्ट्रेलियाको आर्थिक सहयोगमा रसुवानुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज भएको     
    
त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका गाउँपालिका उत्तरगया गाउँपालिकाका आश्रय स्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको   राससका अनुसार बाढीका कारण सडक सम्पर्कसमेत विच्छेद भई बेत्रावती नजिकैको जङ्गल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको  

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update