RayNewsDaily
गुमेको दृष्टि फर्किँदा...   

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उहाँ आधारभूत अस्पताल पुग्नुभएको थियो     
    
शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिनुहुन्थ्यो उहाँले भन्नुभयोमर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु यो भन्दा अरु खुसी के हुन सक्छ विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो अहिले आगनमै सेवा पाउन थालिएको त्यो पनि पैसा पर्दैन ”    
    
त्यस्तै, महाराजगन्ज की ६५ वर्षीया राधा कोरीले पनि गुमेको दृष्टि फर्किएपछि खुसी व्यक्त गर्नुभयो लामो समयदेखि पुनः आँखा देख्न पाउने आशा हराइसकेको बताउँदै उहाँले शल्यक्रियापछि पुनः उज्यालो भएकोमा खुसी लागेको बताउनुभयो महाराजगन्ज नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको     
    
एटलस एलाइन्स नर्वेको आर्थिक सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा नगरपालिकाको आधारभूत अस्पतालमा सो शिविर सञ्चालन गरिएको थियो शिविरमा बिरामीको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सँगै औषधि कालो चस्मासमेत उपलब्ध वितरण थियो शिविरमा आएका बिरामीका लागि खाना, बसोबास तथा यातायातको समेत निःशुल्क व्यवस्था गरेको थियो     
    
शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि नगरपालिकाका वडा नं. , , ११ मा एक ÷एक दिने प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ती शिविरमा १८५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिनुभयो पहिचान भएका बिरामीमध्ये छनोट गरिएका डेढ सयभन्दा बढीको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको हो     
    
नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो     
    
नगरप्रमुख खाँका अनुसार विसं २०७४ देखि नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको हालसम्म नगरपालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो     
    
शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गर्नुभएको थियो उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीतिअनुसार विगतदेखि नै निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो  रासस   

 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update