RayNewsDaily
राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन
  • राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी ।
  • होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितसँग राष्ट्रपतिको अन्तरक्रिया ।
  • खोज, उद्धार, राहत र पुनःस्थापनामा थप तदारुकता अपनाउन माग ।

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापनाका कामबारे जानकारी लिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यले भोटेकोशी बाढीबाट जिल्लामा भएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढीपीडितको खोज, उद्धार, राहत, पुनःस्थापना तथा तत्काल निर्माणसम्बन्धी भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभयो ।

paudel-nuwakotma-1788766973.jpg
राष्ट्रपति पौडेलले विदुर नगरपालिका-२ स्थित कभर्ड हलमा रहेको होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गर्नुभयो ।

अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको धनजनको क्षतिबारे जानकारी गराउनुभयो । उहाँहरूले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार र सहयोगदाताबाट थप तदारुकता आवश्यक रहेको माग गर्नुभयो । रासस

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update